अर्बपति डेललाई अहिलेसम्मकै धेरै घाटा, एकै दिन ११ अर्ब ७० करोड डलर गिरावट



एजेन्सी । डेल टेक्नोलोजीजका संस्थापक तथा सीईओ माइकल डेल आफ्नो कम्पनीको सेयर भारी गिरावट आउँदा एकै दिनमा सबैभन्दा धेरै घाटा व्यहोरेका छन् । डेल टेक्नोलोजिज इंकको कुल पुँजी शुक्रबार मात्रै ११ अर्ब ७० करोड अमेरिकी डलरबाट झरेर १०७ अर्ब १० करोडमा आइपुगेको छ ।

जुन न्युयोर्कमा १८ प्रतिशतले गिरावट आएको बताइएको छ । र यो घाटा कायम रहेको अवस्थामा डेलको बजार मूल्यमा २१ अर्ब अमेरिकी डलरभन्दा बढी नोक्सान पुग्ने सम्भावना रहेको बताइएको छ । कम्पनीको अपेक्षा गरेभन्दा कम आर्टिफिसियल इन्टेलिजेन्समा सर्भर ब्याकलग र मार्जिनमा गिरावटले गर्दा लगानीकर्ताहरु निरुत्साहित हुँदा डेलको स्टक मार्केटमा गिरावट आएको बताइएको छ ।

कम्पनीको यो घाटासँगै ५९ वर्षीय अर्बपति माइकल डेल अब १०७ अर्ब १० करोडको पुँजीसहित १४औं स्थानमा झरेका छन् । डेल टेक्नोलोजिज इंक खोलेर व्यवसाय सुरु गरेका डेल ४० वर्षयता सफल व्यवसाय गर्दै आएका छन्। युनिभर्सिटी अफ टेक्सासमा अध्ययनरत छँदा नै उनले यो व्यवसाय सुरु गरेका थिए । यससँगै उनको सम्पत्तिको स्रोत ब्रोडकम इंक पनि हो । यसको सेयर पनि शुक्रबार खस्किएको छ ।

मार्चको सुरुसम्म डेल १०० अर्ब अमेरिकी डलरभन्दा धेरै सम्पत्ति हुने अर्बपतिको समूहमा थिए । एआई कम्प्युटिङ उपकरणको बढ्दो मागले उनको सम्पत्ति बढइरहेको थियो । ठूला कर्पोरेसनहरुलाई उच्च क्षमताका सर्भर आवश्यक परिरहँदा डेललाई त्यो आपूर्तिमा दबाब उत्पन्न भएको हो ।


क्लिकमान्डु