तपाईंको स्थानीय तहले कति पायो अनुदान ? (सूचीसहित)



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा ७५३ स्थानीय तहका लागि विभिन्न प्रकारको अनुदानवापत ३ खर्ब १२ अर्ब ४२ करोड ६१ लाख रुपैयाँ पठाउने भएको छ ।

अन्तर सरकारी वित्तीय हस्तान्तरण (प्रदेश र स्थानीय तह) अन्तर्गत संघीय सरकारले प्रदेशहरुलाई ९३ अर्ब ४५ करोड रुपैयाँ जाने छ ।

संघीय सरकारले महानगरपालिकामा ११ अर्ब ७३ करोड ५ लाख, उपमहानरपालिकामा ११ अर्ब ६३ करोड ९२ लाख र नगरपालिकामा १ खर्ब ४२ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरेको हो । त्यस्तै गाउँपालिकामा १ खर्ब ४६ अर्ब ५२ करोड रुपैयाँ पठाउने अर्थमन्त्रालयले जनाएको छ ।

स्थानीय तहमा जाने अनुदानमध्ये वित्तीय समानीकरण अनुदान कुल ८८ अर्ब रुपैयाँ रहेको छ । सशर्त अनुदान २ खर्ब ८ अर्ब रुपैयाँ रहेको छ । विशेष अनुदान ८ खर्ब ४० अर्ब र समपुरक अनुदान ७ अर्ब रुपैयाँ जाने छ ।

समानीकरण अनुदानतर्फ महानगरपालिकामा २ अर्ब ५५ करोड, उपमहानगरपालिकामा ३ अर्ब १४ करोड, नगरपालिकामा ३८ अर्ब ४२ करोड र गाउँपालिकाहरुमा ४३ अर्ब ८८ करोड रुपैयाँ जाने छ ।

प्रदेशमा कर्णाली प्रदेशले सबैभन्दा बढी १६ अर्ब ३ करोड रुपैयाँ पाउने छ भने सबैभन्दा कम मधेश प्रदेशले ११ अर्ब ३५ करोड रुपैयाँ पाउने अर्थमन्त्रालयले जनाएको छ ।

महानगरमध्ये पोखरालाई सबैभन्दा बढी वित्तीय हस्तान्तरण हुने भएको छ । पोखरा महानगरले ४ अर्ब ५७ लाख रुपैयाँ पाउने हुँदा दोस्रोमा काठमाडौं महानगरपालिका रहेको छ । काठमाडौंले २ अर्ब २१ करोड रुपैयाँ पाउने भएको छ । तेस्रोमा भरतपुर महानगरले १ अर्ब ८९ करोड रुपैयाँ पाउने भएको छ ।


क्लिकमान्डु