टेस्लाको इन्साइडर ट्रेडिङ गरेको भन्दै एलन मस्कविरुद्ध मुद्दा, ३ अर्ब डलर नाफा गरेको आरोप



एजेन्सी । अमेरिकी विद्युतीय गाडी निर्माता टेस्लाकाका एक सेयरधनीले प्रमुख कार्यकारी अधिकृत एलन मस्कविरुद्ध मुद्दा दायर गरेका छन् । इन्साइडर ट्रेडिङ गरेको आरोपमा ती सेयरधनीले मस्कविरुद्ध मुद्दा दायर गरेका हुन् ।

मस्कले सन् २०२२ को अन्त्यमा टेस्लाको ७.५ अर्ब अमेरिकी डलर बराबरको सेयर बिक्री गर्दा यस्तो काम गरेको ती सेयधरनीको आरोप छ । उत्पादनमा ह्रास ल्याउनुको साथै डेलिभरी संख्या सार्वजनिक गर्नुअघि अर्बपति मस्कले सेयर बेचेको उनको दाबी छ ।

माइकल पेरी नाम गरेका ती सेयरधनीले अमेरिकाको डेलावेयर चान्सरी अदालतमा गरेको दाबीअनुसार कम्पनीले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेपछि टेस्लाको सेयरमूल्यमा भारी गिरावट आएको थियो । २०२३ जनवरी २ मा वित्तीय विवरण सार्वजनिक गर्नुअघि मस्कले करिब ३ अर्ब रुपैयाँ बराबरको ‘अनुचित लाभ’ लिएको आरोप मुद्दामा लगाइएको छ ।

‘मस्कले टेस्लामा आफ्नो पदको शोषण गरेका छन् र विश्वसनीयता भंग गरेका छन्,’ मुद्दामा भनिएको छ । साथै कारोबारमार्फत् गरेको नाफा फिर्ता गर्न उनको माग छ । मस्कले सन् २०२२ को नोभेम्बर र डिसेम्बरको विभिन्न मितिमा सेयर बेचेको आरोप लगाइएको छ । साथै टेस्लाको सञ्चालक समितिले पनि मस्कलाई सेयर बेच्न दिएर विश्वासनीयता गुमाएको बताइएको छ ।


क्लिकमान्डु