अर्थमन्त्री पुनले मनलाग्दी खर्च गर्न छुट्याए २६ अर्ब बजेट



काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा करिब २६ अर्ब रुपैयाँ आफ्नो तजबीजमा खर्च गर्न छुट्याएका छन् ।

मन्त्री पुनले १८ खर्ब ६० अर्ब ३० कोडको बजेटमा अर्थ मन्त्रालयअन्तर्गत २५ अर्ब ९८ करोड रुपैयाँ मनलाग्दी खर्च गर्ने गरी विनियोजन गरेका हुन् ।

आगामी आर्थिक वर्षका लागि बजेट ल्याएका अर्थमन्त्री पुनले विनियोजन गरेको उक्त बजेटमा अधिकांश रकम कुन शिर्षकमा कहाँ खर्च हुन्छ भन्ने यकिन छैन । त्यसैले २५ अर्ब ९८ करोड रुपैयाँ मन्त्री पुनले कार्यकर्तालाई बाँडनदेखि मनलाग्दी खर्च गर्ने संभावना छ ।

एकातिर स्रोतमा चाप परेको भन्दै पुँजी निर्माण हुने विकासका आयोजनामा खर्च गर्न मुठ्ठि बाँधेका पुनले वितरणमुखि तथा कार्यकर्ता खुसि पार्न सर्वसाधारणको करको रकम दुरुपयोग गर्ने गरि बजेटमा करिब २६ अर्ब ब्यवस्था गर्नु वित्तीय अनुसासनको दृष्टिले पनि गलत हो ।

मन्त्री पुनले आफैले मनलाग्दी खर्च गर्नका लागि छुट्याईएको २५ अर्ब ९८ करोडमध्ये पनि १४ अर्ब ८९ करोड रुपैयाँ भैपरी आउने चालु खर्चमा विनियोजन गरेका छन् ।

यसको अर्थ पुनले सर्वसाधारण बाट उठाएको कर, वैदेसिक ऋण तथा आन्तरिक ऋण आफनो खुसिमा वितरणमा गर्दा यसबाट न मुलुकमा रोजगारी सिर्जना हुन्छ न त आर्थिक बृद्धिलाई सहयोग हुन्छ ।

यस्तै, अर्थमन्त्री पुनले सामाजिक सुरक्षा शिर्षकमा ९ अर्ब ४० करोड रुपैयाँ विनियोजन गरेका छन् भने मसलन्द तथा कार्यालय सामग्री शिर्षकमा ६० करोड छुट्याएका छन् ।

यसरी अर्थमन्त्री पुनले अन्य सम्पत्तिहरुको सञ्चालन तथा सम्भार खर्च ७० करोड, कार्यालय प्रयोजनका लागि इन्धन २९ करोड अन्य भत्ता शिर्षकमा १० करोड रुपैयाँ विनियोजन गरेका छन् ।


क्लिकमान्डु