तराईमा दुई दिन तातो हावा चल्ने मौसम विभागको चेतावनी



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले दुई दिन तातो हावा चल्ने भन्दै सतर्क रहन चेतावनी दिएको छ ।

महाशाखाले जेठ १९ (शनिबार) र २० (आइतबार) गते अत्यधिक तातो हावा चल्ने चेतावनी दिएको हो । यसअघि महाशाखाले तीन तीन दिन तातो हावा चल्ने चेतावनी जारी गरेको थियो । यो वर्ष सातौंपटक तातो हावाक‍ो लहर चल्ने चेतावनी जारी गरेको छ ।

शनिबार र आइतबार लुम्बिनीदेखि सुदूरपश्चिमसम्मको तराई क्षेत्रका जिल्लामा तातो हावा चल्ने महाशाखाले जनाएको छ । केहि दिन यतादेखि नेपालमा गर्मी अत्यधिक मात्रामा बढ्दै गएको छ । तराईका केही जिल्लाहरूमा ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम मापन भएको छ ।

भारतको विभिन्न प्रान्तमा दुई दिनको अवधीमा ५४ जनाले अत्यधिक गर्मीका कारण ज्यान गुमाइसकेका छन् । गर्मीका कारण भारतमा मुख्य गरी बृद्धबृद्धा, बिरामी र बालबालिका प्रभावित भएका छन् ।

घर बाहिर काम गर्ने कामदार पनि गर्मीबाट हताहत भएका छन् । भारतमा सुरु भएको निर्बाचनको क्रममा खटिएका सुरक्षाकर्मी र सरकारी कर्मचारीको पनि गर्मीका कारण ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।


क्लिकमान्डु