टी-२० विश्‍वकपका लागि सिजीको योजना ‘खेल नेपालीको टिभी नेपालको’



काठमाडौं । यसपटक टी २० क्रिकेट वर्ल्डकप २०२४ जेठ २० गतेबाट अमेरिका र वेष्ट इन्डिजमा हुँदैछ । जहाँ नेपाल पनि २०१४ पछि दोस्रोपटक भाग लिँदैछ ।

वर्ल्डकपका नेपाली दर्शकहरुलाई लक्षित गर्दै सिजी कम्पनीले ‘खेल नेपालीको टिभी नेपालको’ अभियान सुरु गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकले कुनै पनि सिजी ब्रान्डको टेलिभिजन खरिद गर्दा आकर्षक क्यासब्याक साथै ६५ र ७५ इन्चको टिभीमा सिजीको २.१ स्पिकर प्राप्त गर्नसक्ने बताइएको छ ।

साथै ग्राहकले निशुल्क डेलिभरी निशुल्क जडान र सिजी इलेक्स मार्फत आफ्नो सामानको मूल्यांकन आफै गरी एक्सचेन्ज गर्न सक्नेछन् । सिजी ब्रान्डका टिभीहरु नेपालको एक मात्र आईएसओ ९००१:२०१५ प्रमाणित टिभीहरु हुन् ।

जसमा ग्राहकलाई ३ वर्षको वारेन्टीको व्यवस्था पनि गरिएको छ । यस्तै आईसीसी टी २० विश्वकप २०२४ नजिकिँदै गर्दा नेपाली क्रिकेट प्रशंसकहरुले सिजीको क्युलेड टिभी नेपालको एक मात्र पहिलो गुगल सर्टिफाइड टिभी मार्फत खेलको आनन्द लिन सक्नेछन् । जुन अभियान नेपालभर सीमित समयका लागि मात्रै लागु हुने सिजीले जनाएको छ ।


क्लिकमान्डु