क्रिकेटलाई लक्षित गर्दै एलजीको ‘खेल्छ नेपाल घर घरमा’ योजना, टिभी खरिदमा ४०% सम्म छुट



काठमाडौं । यसपाली टि २० क्रिकेट वर्ल्ड कप २०२४ अमेरिका र वेष्ट इन्डिजमा जेठ २० गतेबाट सुरु हुँदैछ जसमा नेपाल सन् २०१४ पछि दोस्रो पटक भाग लिदैँछ ।

नेपाली क्रिकेट टिमले पछिल्लो समय क्रिकेटमा उच्च अन्तर्राष्ट्रिय स्तरको खेल खेल्दै आइरहेको छ र यसपाली नेपाली टिमले टि२० क्रिकेट वर्ल्ड कपमा पनि उच्च प्रदर्शन गर्ने आशा गरिएको छ ।

नेपाली क्रिकेट टिमको र सम्पूर्ण वर्ल्ड कप म्याचहरु घरमै बसी बसी हेर्न नेपालको सबैभन्दा धेरै बिक्री हुने अन्तर्राष्ट्रिय ब्राण्ड एलजीले ‘खेल्छ नेपाल घर घरमा’ नामक योजना अघि सारेको छ ।

यस योजना अन्तर्गत ग्राहकबर्गहरुले एलजी टिभीबाट घरमै स्टेडियम बराबरको मज्जा लिई आफ्नो नेपाली टिमलाई चियर गर्दै क्याशब्याक र उपहार पनि जित्न सक्ने कम्पनीले जनाएको छ ।

योजना अनुसार कुनै पनि एलजी टिभीको खरिदमा ४० प्रतिशतसम्मको नगद छुट र १ लाखको ब्यक्तिगत दुर्घटना बीमा उपलब्ध छ। साथै एलजी ओलेड टिभी वा ८६ इन्चको टिभी खरिदमा एलजी साउन्डबार एस एन फोर उपहार सित्तैमा पाइने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ३२ इन्च देखि ८६ इन्च साइज सम्ममा उपलब्ध एलजीका टिभीहरु ओलेड, क्युनेड, सुपर युएचडी, युएचडी र स्मार्ट क्याटागोरीमा नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

एलजीका क्युनेड टिभी, यू क्यु र यू आर सिरिज अन्तर्गतका युएचडी टिभीहरुमा ३ बर्षको फुल वारेन्टी रहेको छ । र कुनै पनि एलजी टिभीको खरिदमा १ लाखको दुर्घटना बिमा पनि प्राप्त गर्न सकिनेछ ।

ग्राहकले यो बिमामार्फत संसारको कुनै पनि कुनामा भएको दुर्घटनाको क्षतिपुर्ती दाबी गर्न सक्नेछन् । यसका साथसाथै शून्य % ब्याजदरमा ईएमआइ, कुनै पनि ब्रान्डको पुरानो सामानसँग एलजीको सामानसँग साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी पनि रहेको कम्पनीले जनाएको छ ।

यो योजना जेठ १७ गते देखि नेपाल अधिराज्यभरी सीमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएको छ । नेपालभर एलजी ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।


क्लिकमान्डु