राजस्व सचिवले भने, ‘अध्ययन गरेर नै ईभीमा कर बढाएका हौं’



काठमाडौं । राजस्व सचिव डा. रामप्रसाद घिमिरेले विस्तृत अध्ययन गरेर नै विद्युतीय सवारीसाधन (ईभी) मा कर बढाएको बताएका छन् ।

अर्थ मन्त्रालयले आयोजनाको गरेको पत्रकार सम्मेलनमा उनले करेक्सन गर्न जरुरी भएकाले कर बढाएको बताए । ‘दुईवटा कुरा हेर्नुपर्छ । डिटेलमा अध्ययन भएको छ । किलोवाटमा वेस बनाएर कर बढाएका छौं । भारतमा मूल्यका आधारमा गरिएको छ, ‘ उनले भने, ‘ प्राथमकितमा कमी आउदैन । ईभीको प्रयोगमा कमी आउदैन । विचलनलाई सम्बोधन गर्ने हिसाबले गरिएको हो । यसबाट कोही विस्थापित हुदैन ।’

उनले अध्ययन र विश्लेषण विश्लेषण गरेपछि ५० देखि १०० किलोवाटको ईभी आयातमा विचलन पाइएको बताए ।


क्लिकमान्डु