अर्थमन्त्री पुनले गरे सुन आयातमा कडाइ, विदेशबाट ल्याउनेले अब कति तिर्नुपर्छ ?



काठमाडौं । सरकारले सुनको गहना आयातमा कडाइ गरेको छ । मंगलबार सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमार्फत सुन आयातमा कडाइ गरेको हो ।

सरकारले यसअघिको पुरुषको हकमा २५ ग्राम र महिलाको हकमा ५० ग्राम सुनका गहना कर नतिरि ल्याउन पाइने व्यवस्था यथावत राखेको छ । कर तिरेर थप ५० ग्राम सुनको गहना ल्याउन पाइने व्यवस्था छ । बजेटबाट सरकारले ५० ग्राममा नियमित कर र बाँकी रहेको अतिरिक्त ५० ग्रामममा थप ३ प्रतिशत कर लगाएको हो ।

१० ग्राम सुनको भन्सार महसुल १२ हजार ४ सय लाग्छ । यसको आधारमा ५० ग्रामको महसुल ६२ हजार रुपैयाँ लाग्ने भएको छ । ३ प्रतिशत अतिक्त महसुल लाग्दा थप १८६० रुपैयाँ तिर्नुपर्ने छ ।

सामान्य गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औंठी, बाला, सिक्री जस्ता वस्तुलाई गहनाको रुपमा मान्यता नदिने भएको छ ।


क्लिकमान्डु