फ्लाइओभर र सुरुङका लागि ५ अर्ब ६३ करोड, रेलमार्गका लागि ३ अर्ब ८८ करोड



काठमाडौं । सरकारले आगामी वर्षका लागि फ्लाइओभर,इन्टर सेक्सन र सुरुङमार्ग निर्माणका५ अर्ब ६३ करोड विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षको बजेट प्रस्तुत गर्दै नागढुँगा- नौविसे सुरुङमार्ग निर्माण सम्पन्न गरेर यातायात सञ्चालन गरिने बताए । उनका अनुसार सिद्धबाबा सुरुङमार्ग मुख्य सुरुङ निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

ग्वार्को चोकमा फ्लाईओभर निर्माण गरेर यातायात सञ्चालन हुनेछ । यो निर्माणाधीन छ । कोटेरश्वरमा इन्टरेक्सन निर्माण थाल्ने योजना छ । जापान सरकारको सहयोगमा इन्टरसेक्सन निर्माण गर्न लागिएको हो ।

रेलमार्ग विकास लागि ३ अर्ब ८८ करोड रुपैयाँ विनियोजन भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ विनियोजन भएको छ ।


क्लिकमान्डु