मध्यदिनमै काठमाडौंमा गोली हानेर व्यवसायी गौचनको हत्या



 

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या गरिएको छ । सोमबार दिउसो काठमाडौंको बानेश्वरस्थित ठूलो खरिबोटको नजिकै गौचनमाथि अज्ञात समूहले गोली प्रहार गरेको थियो ।

बा १३ च ४९४८ नम्बरको ल्याण्डक्रुजर प्राडोमा हिँडिरहेका गौचनमाथि गोली प्रहार भएको हो । उपचारका क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा पुर्याएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गौचनको देब्रे कोखा र मुटुको नजिक २ वटा गोली प्रहार भएको छ। कसले र किन गोली प्रहार गर्यो भन्ने कुरा थाहा हुन सकेको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले क्लिकमाण्डूलाई जानकारी दिए ।

प्रहरीले अपराधीको खोजी कार्यलाई तीब्र बनाएको प्रवक्ता न्यौपानेले जानकारी बताए ।


क्लिकमान्डु