अलीबाबाको अलीएक्सप्रेस ग्लोबल एम्बेसडरमा डेभिड बेकह्याम



एजेन्सी । इङग्ल्यान्डका विश्वप्रसिद्ध फुटबलर डेभिड बेकह्यामले चिनियाँ कम्पनी अलीबाबाको स्वामित्वमा रहेको अनलाइन रिटेल प्लेटफर्म अलीएक्सप्रेसका लागि औपचारिक रुपमा ग्लोबल एम्बेसडर बनेका छन् । उनले हालै ग्लोबल एम्बेसडर बन्नका लागि एक सम्झौतामा हस्ताक्षर गरेका छन् ।

जर्मनीमा युरो फुटबल टुर्नामेन्ट हुनुभन्दा एक महिना पहिले अलीबाबाले यस्तो घोषणा गरेको हो । तर कम्पनीले बेकह्यामलाई कति पारिश्रमिक दिने भनेर सार्वजनिक गरेको छैन । गत मार्चमा अलीएक्सप्रेसले युरोपियन फुटबलको प्रशासकीय निकाय यूईएफएसँग एक विशेष इकमर्स प्लेटफर्मका लागि साझेदारी गर्ने सहमति जनाएको थियो ।

सम्झौता अनुसार उद्यमी समेत बनेका फुटबल सुपरस्टार बेकह्यामलाई अलीएक्सप्रेसले खेल अवधिभर प्रचारको रुपमा प्रयोग गर्नेछ ।

बेकह्यामले भने यस सिजनमा अलीएक्सप्रेसले फुटबलप्रेमीहरुलाई यूईएफए युरो २०२४ सँग नजिक पुर्‍याउन मद्दत गरेको प्रतिक्रिया दिएका छन् । साथै फुटबलप्रेमीलाई उत्कृष्ट पुरस्कार प्रदान गरिने पनि उनले बताए । बीवाइडी र भिभो जस्ता युरोसलाई स्पोन्सर गर्ने अन्य प्रमुख चिनियाँ फर्महरुसँग पनि अलीएक्सप्रेस जोडिएको छ ।


क्लिकमान्डु