नेपाल टेलिकमको गणतन्त्र दिवस अफर, यस्ता छन् ब्यालेन्स बचाउने आकर्षक प्याकेज



काठमाडौं । नेपाल टेलिकमले गणतन्त्र दिवस अफर ल्याएको छ । टेलिकमले आफ्ना सेवाग्राहीका लागि मेन ब्यालेन्समा बचत हुने गरी आकर्षक भ्वाइस तथा डेटा प्याकेज ल्याएको छ ।

२०६५ जेठ १५ मा देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा गर्दै मंगलबार (जेठ १५ गते) मनाउन लागिएको गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले पनि विभिन्न प्याकेज ल्याएको छ ।

टेलिकमले आफ्ना ग्राहकहरुका लागि रिपब्लिक डे अफर उपलब्ध ल्याएको हो । उक्त अफर आज (२०८१ जेठ १४) देखि प्रारम्भ हुने र २०८१ जेठ १६ सम्मसम्मको लागि हुने छ ।

यस अन्तर्गत ४९ रुपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध हुने छ ।

डाटा प्याकेज अन्तर्गत १११ रुपैयाँमा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, १९९ रुपैयाँमा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, २९९ रुपैयाँमा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र ३९९ रुपैयाँमा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ ।

यही अफर अन्तर्गत ७८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुने टेलिकमले सोमबार जारी गरेको एक प्रेस विज्ञप्तिमा उल्लेख छ ।

पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ ।आगामी जेठ १६ गतेसम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकेजहरु खरिद गर्न सकिने पनि टेलिकमले जानकारी दिएको छ ।


क्लिकमान्डु