तीन जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध



दाङ । दाङसहित तीन जिल्लामा नेपाल टेलिकमको सेवा अवरूद्ध भएको छ।

दाङ, सल्यान र रूकुमलगायत क्षेत्रमा टेलिकमको सेवा सोमबार बिहानदेखि अवरूद्ध भएको हो ।

दाङको लमहीदेखि १३ किमी पश्चिम क्षेत्रमा अप्टिकल फाइबरमा समस्या देखिएको छ ।

घोराही, तुलसीपुर, सल्यान र रूकुमलगायत क्षेत्रमा नेपाल टेलिकमको सेवा अवरूद्ध भएको र मर्मतका लागि लमहीबाट टोली गएको नेपाल टेलिकमले जनाएको छ ।


क्लिकमान्डु