कांग्रेसको बिरोधकाबीच २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम पारित



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको बिरोधका बीच प्रतिनिधि सभाबाट आव २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ ।

आइतवारको प्रतिनिधि सभा बैठकले बहुमतले आव २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको हो । सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेको २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे ।

सभामुख घिमिरेले प्रतिनिधि सभाको मंगलवार १ बजे र ४ बजेका लागि बोलाएका छन् । नेपालको संविधानको धारा ११९ बमोजिम जेठ १५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट पेश गर्ने व्यवस्था रहेको भन्दै अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान पेश गर्नुपर्ने भएकाले सोही दिन १ बजे बस्नेगरी संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा उपस्थित हुन आग्रह गरे ।


क्लिकमान्डु