कांग्रेसको बिरोधका बीच अर्थमन्त्रीले संसदमा पेश गरे आर्थिक सर्वेक्षण



काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले संसदमा आर्थिक सर्वोक्षण पेश गरेका छन् । सहकारी प्रकरणमा छानबिन समिति बन्नु पर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बिरोध गरिरहँदा अर्थमन्त्री पुनले संसदमा आर्थिक सर्वेक्षण पेश गरेका हुन् ।

संसदमा आर्थिक सर्वोक्षण पेश गर्दै मन्त्री पुनले कृषि र सेवा क्षेत्रमा भएको विस्तारले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.९ प्रतिशतले बढ्ने बताए । गण्डकी, बागमति र लुम्बिनी प्रदेशको आर्थिक वृद्धी राष्ट्रिय औषत भन्दा बढी हुने जानकारी दिए ।

प्रतिव्यक्ति आय १ हजार ४५६ डलर पुग्ने अनुमान गरेका मन्त्री पुनले राजस्व परिचालन ९ प्रतिशतले बढ्ने जानकारी दिए । आर्थिक सर्वेक्षण पेश गर्दै २०.२७ प्रतिशत जनता निरपेक्ष गरिबीको रेखा मुनि रहेको जानकारी दिए ।

यस्तै, पुनले संसदमा हाल नेपालमा विद्युत जडित क्षमता ३ हजार ६० मेगावाट पुगेको, ९७ प्रतिशत जनतामा विद्युत पहुँच पुगेको, ४१.६९ प्रतिशत वन क्षेत्र रहेको जानकारी दिए । यस्तै, पुनले आईतबार प्रतिनिधी सभाको बैठकमा सार्वजनिक संस्थान सम्बन्धी प्रतिवेदन समेत पेश गरे ।

पुनलाई संसद्को बेलमा जानबाट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रोकेकोथियाे । तर, मर्यादापालकले उनलाइ आर्थिक सर्वेक्षण वाचन गर्न जान सहजीकरण गरेका थिए ।


क्लिकमान्डु