शिवशिखरका अध्यक्ष शर्माविरूद्ध ३३ अर्बको मुद्दा चलाउँदै सम्पत्ति शुद्धिकरण विभाग
काठमाडौं । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख केदारनाथ शर्मा विरुद्ध सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दा दायर गर्ने तयारी गरिएको छ ।
सम्पत्ति शुद्धिकरण विभागले गरेको अनुसन्धानबाट उनले कसुर गरेको देखिएको छ । सहकारीका बचतकर्ताको अर्बौ रकम अपचलन गरेका शर्मा र उनका दर्जनौ कम्पनी विरुद्ध ३२ अर्ब ९० करोड बिगो र जरिवानासहित माग दाबी गर्ने गरी अनुसन्धान प्रतिवेदन तयार पारेको छ ।
अहिले विभाग आफैले अदालतमा मुद्दा दायर गर्न नपाउने भएपछि अध्ययन प्रतिवेदन सहित मुद्दा चलाउने निर्णयसहितिको प्रतिवेदन सरकारी वकिलको कार्यालय भक्तपुरमा पठाउने भएको हो ।
कार्यालयले विभागले गरेको अध्ययन प्रतिवेदनलाई आधार मानेर भक्तपुर जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने छ । विभागले अध्ययन प्रतिवेदन कार्यालयमा पठाइसकेको जनाएको छ ।
शर्मा र उनको कम्पनीले अवैध रुपमा अबौै आर्जन गरेको देखिएको र दुवै तर्फबाट करिब एक खर्ब रुपैयाँको दाबी रहेन विभाग स्रोतको भनाइ छ ।