नेपालीको मोबाइल खर्च ४ अर्बले बढ्यो, चीनबाटमात्रै भित्रियो ११ लाख थान
काठमाडौं । नेपालीको मोबाइल खर्च ४ अर्ब रुपैयाँले बढेको छ । नेपालमा चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो १० महिनामा २४ अर्ब रुपैयाँ भन्सार मूल्यका १५ लाख २८ हजार थान मोबाइल भित्रिएको छ
यस्तो मोबाइल गत वर्ष २०७९/८० को सोही अवधिमा २० अर्ब ४१ करोड भन्सार मूल्यका १३ लाख थान भित्रिएको भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा उल्लेख छ
तथ्यांक अनुसार नेपालमा भित्रिएको यस्तो मोबाइल गत वर्षको तुलनामा ४ अर्ब रुपैयाँ बढीको हो । नेपालमा पछिल्लो १० महिनामा मोबाइल आयात बढ्नुलाई मध्यम वर्गीयको नेपालको पहुँच बढ्न भएको मोबाइल व्यवसायीको भनाइ छ ।
नेपालमा पछिल्लो समय २० देखि ३० हजार रुपैयाँसम्मका मोबाइलको खपत बढी हुने गरेको छ । नेपालीले औषत मोबाइल खरिद क्षमता बढेको र मध्यम रेन्जका प्रयोगकर्ता अधिक भएकोले तुलनात्मक रुपमा ३० हजारसम्मको स्मार्ट फोनमा रुची राख्नेको संख्या पनि बढेको देखिएको छ ।
नेपालमा भित्रिने यस्तो मोबाइलमा सबैभन्दा बढी चीनबाट आउने गरेको छ । चीनबाट मात्रै पछिल्लो १० महिनामा १५ अर्ब ८० करोड रुपैयाँ मूल्यका १० लाख ९५ हजार थान मोबाइल भित्रिएको छ । यस्तो मोबाइल आयात गत वर्षको सोही अवधिमा १२ अर्ब ८५ करोड रुपैयाँ भन्सार मूल्यका ८ अर्ब ७४ करोड रुपैयाँ मात्रै थियो ।
नेपालमा भारतबाट आउने मोबइलको हिस्सा दोस्रो स्थानमा पर्छ । भारतबाट नेपालमा यो वर्षको साउनदेखि वैशाखसम्ममा ७ अर्ब ८१ करोड रुपैयाँ भन्सार मूल्यका ४ अर्ब ४२ करोड रुपैयाँको छ ।
भारतबाट गत वर्षको सोही अवधिमा भित्रिएको मोबाइलको सख्ंया ४ लाख १५ हजार वटा मात्रै थियो । यी मोबाइलको भन्सार मूल्य गत वर्ष ६ अर्ब ३३ करोड रुपैयाँ रहेको पनि भन्सारको तथ्यांकले देखाएको छ ।