काठमाडौंमा आन्दोलन थाल्ने सहकारी पीडितहरुको घोषणा



काठमाडौं । सहकारी पीडितहरुले आन्दोलनको घोषणा गरेका छन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सहकारी पीडितहरुलाई एकजुट बनाउँदै शुक्रबारदेखि आन्दोलन थाल्ने घोषणा गरेको हो ।

११ गते ११ बजेदेखि माइतीघरमा रिले अनसन थालेर माग पूरा नभएसम्म आन्दोलन गर्ने महासंघका अध्यक्ष कुशल केसीले बताए । उनले सबै सहकारी पीडितले बचत नपाएसम्म आन्दोलन नरोकिने उनले चेतावनी दिए ।

‘हिजोसम्म हात जोड्यौँ भएन,’ उनले भने, ‘मन्त्रीहरुसँग हारगुहार गर्दै पुग्यौँ, कसैले सुनेनन् । अब ८४ मा तपाईंहरुलाई हाम्रै लेबलमा झार्छौं । हामी घरघरबाट लखेट्छौँ’ केसीले भने ।

सहकारी पीडितको पैसा लुटेको धन नभएको भन्दै उनले पसिनाको बचत पाउनका लागि जस्तो सुकै लडाइ लड्न तयार भएको बताए ।


क्लिकमान्डु