काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस भएको छ । सभाको मंगलबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उक्त अध्यादेश पेस गरेका हुन् ।
यस क्रममा मन्त्री भण्डारीले नेपालमा लागनीको वातारण सहज बनाउन आयोजना गरिएको लगानी सम्मेलन-२०८१ का क्रममा नीतिगत सुधार तथा कानुन परिमार्जन गर्नका लागि लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश जारी गरिएको बताए ।
त्यसबेला संसद् अधिवेशन चालु नभएकाले अहिले अध्यायदेश ल्याइएको उनले बताएका थिए । प्रस्तुत विधेयकले स्टार्टअप उद्योग दर्ता, उद्योगको सञ्चालन म्याद थप, विदेशी लगानी प्रविधि हस्तान्तरण गर्ने विषयमा थप स्पष्टता, करारमा वस्तु उत्पादन गर्ने विषय र विशेष आर्थिक क्षेत्रका उद्योगले पाउने सहुलियतलाई वृद्धि गरेको मन्त्री भण्डारीले जानकारी दिए ।
नेपाली कांग्रेसका सांसदहरुले संसद् बैठकमा चर्को विरोध गरिरहँदा मन्त्री भण्डारीले अध्यादेश पेस गरेका थिए । संसद्मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बावजुद सभामुखले नियमित कामकारवाही अगाडि बढाउँदै आएका छन् । कांग्रेसले भने सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविनको माग गरिरहेको छ ।
प्रतिक्रिया