आइफोन-१६ लन्च नहुँदै १७ का फिचर सार्वजनिक, कस्ता छन् सुविधा ?



एजेन्सी । आइफोन १६ सार्जनिक नहुँदै एप्पलले १७ को भर्सनका केही फिचरहरु सार्वजनिक गरिसकेको छ । एप्पलले आइफोन १७ का लागि विशेष योजना बनाइरहेको पनि अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

एप्पलले आइफोनको कभर डिजाइनसँगै केही फिचरहरु पनि परिवर्तन गर्ने तयारी गरेको बताइएको छ । जसअनुसार एप्पलले आइफोन १७ को डिजाइन पातलो र क्यामेरा र सेन्सरहरुको लागि सानो प्वाल हुने बताइएको छ ।

के के फिचर फेरिँदैछन् ?

यससँगै आइफोन १७ क्यामराको गुणस्तरमा पनि सुधार गरिने एप्पलले जनाएको छ । साथै आइफोन १७ को पछाडिपट्टि हुने क्यामरालाई पनि स्थानान्तरण गर्ने बुझिएको छ । आइफोन १६ नै सार्वजनिक नभएको अवस्थामा एप्पलले १७ का फिचरहरुबारे जानकारी दिन थालेको हो ।

१७ को क्यामरा गुणस्तरसँगै कभर डिजाइनमा व्यापक सुधार तथा परिमार्जन गरिने बुझिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । फोनको स्क्रिन ६.१ इन्चदेखि ६.७ इन्चको हुनसक्ने बताइएको छ । तर नयाँ मोडलहरुको स्क्रिन सानो राखिनेछ ।

जवकि आइफोन १६ भर्सन २०२४ को सेप्टेम्बरमा सार्वजनिक हुँदैछ भने एप्पलले १७ लाई २०२६ मा मात्रै सार्वजनिक गर्ने तयारी गरेको छ ।


क्लिकमान्डु