देशलाई ५ वर्षभित्रै फलफूलमा आत्मनिर्भर बनाइने

112
Shares

काठमाडौं । सरकारले आगामी ५ वर्षभित्रै देशलाई फलफूलमा आत्मनिर्भर बनाइने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले फलफूलमा देशलाई आत्मनिर्भर बनाउनेसहितका कार्यक्रम सरकारले सञ्चालन गर्ने बताएका छन् ।

धान उत्पादनमा वृद्धि भएको भन्दै चैते धान लगाउन किसानहरुलाई प्रोत्साहन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । नीति तथा कार्यक्रम मार्फत सरकारले राजस्वका नयाँ स्रोत खोजी गर्ने तथा करदाताको कर चुक्ता गर्न लाग्ने लागत घटाउने पनि घोषणा गरेको हो ।