शारडा ग्रुपको जस्मिन हाइजिन प्रोडक्टले गर्‍यो ५९ करोडको व्यापार



काठमाडौं । शारडा ग्रुपको स्यानिटरी प्याड र डाइपर उत्पादन गर्ने जस्मिन हाइजिन प्रोडक्ट प्रालिले सन् २०२३ मा ५९ करोड रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२२ मा ५० करोड ३० लाख रुपैयाँ र सन् २०२१ मा ७९ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीकाअनुसार सन् २०२३ मा सन् २०२२ कव तुलनामा १७.२९ प्रतिशतले व्यापार बढेको छ । तर नाफामा भने कमी आएको छ ।

कम्पनीले सन् २०२२ मा ०.७५ प्रतिशतथ खुद नाफा कमाएको थियो । तर सन् २०२३ मा घटेर ०.६९ प्रतिशतमा सिमित भएको छ।

सन् २००४ मा साझेदारी फर्मको रुपमा स्थापना भएको कम्पनी सन् २०२१ मा मात्रै निजी कम्पनीमा परिणत गरेको छ ।
कम्पनीले वार्षिक ५ करोड पिस स्यानिटरी प्याड, ४५ मेट्रिक टन डाइपर र ६ मेट्रिक टन मास्क उत्पादन क्षमता छ ।

पुनित शारडा व्यवस्थापन निर्देशक रहेको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि ६२ करोड ९० लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि २ करोड ६४ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ६० करोड २५ लाख रुपैयाँको रेटिङ गराएको छ । त्यस्तै कम्पनीअनुसार चालु आर्थिक वर्षमा व्यापार रिबाउन्ड भएको जनाएको छ ।

कम्पनीले स्यानिटरी प्याड, डाइपर र मास्कसहित अन्य बेबी वाइपस्, मेन्सट्रुअल कप, पेन्टी लाइनर, टाम्पोन र फेस मास्क सिल्ड उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले सेफ्टी ब्राण्डमा स्यानिटरी प्याड र कडलर ब्राण्डमा डाइपर बिक्री गर्दृ आएको छ ।


क्लिकमान्डु