![](https://clickmandu.com/wp-content/uploads/2022/11/Ghadari_land_plotting3.png)
काठमाडौं । चैत महिनामा देशभरका मालपोत कार्यालयबाट ५० हज़ार २५२ वटा घरजग्गा किनबेच भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार चैत महिनामा १ लाख ४६ हज़ार सेवा प्रवाह गर्दा ५० हज़ार बग्गा किनबेच भएको देखाउँछ ।
देशभर १३२ वटा मालपोत कार्यालय छन् । त्यसमध्ये मासिक हजारभन्दा धेरै किनबेच गर्ने मालपोतको संख्या निकै कम छ । जसमा चैत महिनामा १ हजारभन्दा बढी कारोबार गर्ने मादपोतको संख्या १० वटा छन् र तथ्याङ्कमा चैतमा सबैभन्दा बढ़ी मालपोत कार्यालय इनरुवा सुनसरीबाट भएको छ ।
देशभरका मालपोत कार्यालयमध्ये सबैभन्दा बढी घरजग्गा किनबेच गर्दै आएको इनरुवा मालपोतबाट चैत महिनामा २ हजार ८२ वटा घरजग्गा किनबेच भएको छ ।
इनरुवापछि झापा भद्रपुरबाट १८ सय ३५ वटा घरजग्गाको किनबेच भएको छ ।
त्यस्तै चैतमा धनुषा जनकपुरधामबाट १८ सय २३ वटा, बेलबारी मोरङबाट १७ सय ९९ वटा, सप्तरी राजविराजबाट १३ सय २ वटा, सर्लाही मलंगवाबाट ११ सय ८२ वटा, सिराहाबाट १ हजार ९८ वटा, महोत्तरी जलेश्वरबाट १ हजार ५४ वटा, लाहान सिराहा लाहानबाट र लगनखेल ललितपुर मालपोत कार्यालयबाट घरजग्गा किनबेच भएको तथ्याङ्कले उल्लेख गर्दछ ।
प्रतिक्रिया