काठमाडौं । महालेखा परीक्षकमा तोयम राया संसदीय समितिबाट सर्वसम्मत अनुमोदित भएका छन् ।
मंगलबार भएका संसदीय सुनवाइपछि एकमतले उनलाई अनुमोदन गर्ने निर्णय भएको हो ।
गत चैत्र १८ गते संवैधानिक परिषदले रायलाई महालेखा परीक्षकमा सिफारिस गरेको थियो । उनी राष्ट्रिय तथ्यांक कार्यालयमा प्रमुख तथ्याङ अधिकारी रहेका छन् । उनी यसअघि अर्थसचिव थिए ।
गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि महालेखापरीक्षको कार्यालय खाली रहेको थियो । राय ६ वर्षे कार्यकालका लागि महालेखा परीक्षकमा नियुक्त हुनेछन् ।
प्रतिक्रिया