मकै बालीमा पानी लगाएर फर्किएका जसपा पूर्वसांसद साहमाथि आक्रमण, ३ जना पक्राउ



जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का पूर्व सांसद प्रमोद साहमाथि आक्रमण भएको छ । उनीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ‌।

आइतबार राति सर्लाहीको हरिपुर नगरपालिका–६ मा उनीमाथि आक्रमण भएको हो । उनको टाउकोमा गम्भीर चोट लागेको छ।

आक्रमणमा संलग्न स्थानीय आर्यन चौधरी, सिद्धान्त चौधरी र सरोज माझी पक्राउ परेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार अन्य व्यक्तिको खोजी भइरहेको छ ।

राति १२ बजेतिर मकै बालीमा पानी लगाएर घर फर्किँदै गरेका बेला उनीमाथि आक्रमण भएको पाइएको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु