सुरु हुन सकेन नेपाल र हङकङबीचको खेल, के होला ?



काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित हुने देखिएको छ ।

ओमानको अल अमारतमा नेपाली समयअनुसार पौने १२ बजे खेल सुरु हुनुपर्ने थियो । तर वर्षाका कारण अहिलेसम्म टस हुन सकेको छैन । सवा ११ बजे टस हुने तालिका रहे पनि वर्षाका कारण पिच छोपेर राखिएको छ ।

नेपालले अघिल्ला दुवै खेल जितेको थियो भने हङकङले एक जित र एक हारको नतिजा निकालेको छ ।

हङकङ र नेपालबीच यसअघि भएका ४ खेलमा समान दुई दुई खेलमा दुई टोलीले जित हात पारेका छन् ।


क्लिकमान्डु