सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँ  बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ कायम भएको थियो । सोमबार प्रतितोला ७ सय रुपैयाँले बढेर १ लाख ३७ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै सोमबार तेजावी सुनको मूल्य १ लाख ३६ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै सोमबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर ‍ १७ सय १५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु