प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार दु्ई नेताबीच भेटवार्ता भएको हो । भेटमा मुलुकको पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा संघीय संसद्को अधिवेशन अन्त्य लगायतका विषयमा समेत छलफल भएको छ । भेटपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै एमाले अध्यक्ष ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कारण प्रतिनिधिसभाको बैठक चल्न नसकेको बताए ।

सरकारले विजनेश नै नपाएर अधिवेशन अन्त्य गर्ने तयारी गरेको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भने, ‘कांग्रेसले चल्न नदिएर हो ।’

प्रमुख प्रतिपक्षी कांग्रेससहितका प्रतिपक्षी दलले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथिको छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै संसदमा बिरोध गरिरहँदा सत्तापक्षले त्यसलाई छल्न खोजेको छ ।


क्लिकमान्डु