भोलि सार्वजनिक बिदा, सरकारले किन दियो बिदा ?



काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

इस्लाम धर्मावलम्बीहरूको पर्व इद-उल फित्र (इद) को अवसरमा भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

‘मिति २०७९/१२/०२ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८० साल चैत्र २९ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृहको सूचनामा भनिएको छ ।

गत वर्ष चैत २ गते प्रकाशित राजपत्रको सूचना अनुसार नै बिदा दिइएको मन्त्रालयले जनाएको छ । मुस्लिम आयोगले पनि बिहीबार इद परेको भनेर सार्वजनिक बिदा दिन सरकारसँग माग गरेको थियो ।


क्लिकमान्डु