छानबिन समिति सहकारीको हिसाब मिलाउँदै हिँड्ने होइन, दोषीलाई कारबाही गर्नुपर्छः कानुनमन्त्री गिरी



काठमाडौं । सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीका दोषीलाई कारबाही गर्न राज्यका निकायलाई छाड्नुपर्ने बताएका छन् ।

प्रेस चौतारी कास्कीद्वारा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गिरीले यस्तो बताए । सहकारी संस्थामा देखापरेको बचतकर्ताको पैसा अपचलनका बारेमा संसद्मा नेपाली कांग्रेसका सांसदहरुले संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै आएको उल्लेख गरे ।

‘संसदीय छानबिन समिति सहकारीको हिसाब किताब मिलाउन हिँड्ने हैन, त्यो अधिकार राज्यका अन्य निकायलाई छाडौँ’, उनले भने, ‘सहकारीका दोषीलाई कारबाही गरी सम्पूर्ण बचतकर्ताको रकम जस्ताको तस्तै उनीहरुलाई फिर्ता दिनुपर्छ ।’


क्लिकमान्डु