सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत चैत २२ गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार रुपैयाँ कायम भई हालसम्मकै उच्च मूल्य कायम भएको थियो ।

उक्त मूल्यको रेकर्ड ब्रेक गर्दै सुन आइतबार हालसम्मकै उच्च मूल्य कायम भएको छ । नेपाल सुनचाँदी व्ययवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ । साथै आइतबार चाँदीको मूल्य प्रतितोला १६ सय ७० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु