७ जिल्लाका प्रहरी प्रमुखको सरुवा



काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७ जिल्लाका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ९एसपी०को सरूवा गरेको छ ।

प्रहरी मुख्यालयले निकालेको सूची अनुसार नुवाकोट प्रहरी प्रमुखमा एसपी शान्तिराज कोइरालालाई पठाइएको छ । यसअघि नुवाकोटमा प्रहरी प्रमुख एसपी संजय सिंह थापा सुन तस्करी प्रकरणमा तानिएपछि नुवाकोटमा प्रहरी प्रमुखविहीन बनेको थियो ।

यस्तै बाँकेको प्रहरी प्रमुखमा तुलबहादुर कार्कीलाई पठाइएको छ । यस्तै बारा प्रहरी प्रमुखमा एसपी महेन्द्र खड्कालाई ल्याइएको छ भने रौतहट प्रहरी प्रमुखमा एसपी दिलिप घिमिरेलाई पठाइएको छ ।

यसैगरी सर्लाहीको प्रहरी प्रमुखमा एसपी रविन्द्र सिंह, महोत्तरीको प्रहरी प्रमुखमा एसपी नहकुल पोखरेल र धनुषाको प्रहरी प्रमुखमा एसपी भुवनेश्वर तिवारीलाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


क्लिकमान्डु