८ विदेशीविरुद्ध वाइडबडी भ्रष्टाचारमा मुद्दा, यी हुन् जहाज बेच्दा मिलेमतो गर्ने कम्पनी



काठमाडौं । वाइडबडी जहाज बिक्री गर्दा मिलेमतो गरेको भन्दै अख्तियार अनुसन्धान आयोगले विदेशी कम्पनीका ८ जनालाईसमेत मुद्दा दायर गरको छ ।

अख्तियारले मुद्दा दायर गरेकामा विमान आपूर्तिकर्ता तथा प्रस्तावदाता कम्पनीमध्ये इन्टरनेसनल सप्लाई चेन, एएआर कर्प इंक अमेरिकाका बेलायती नागरिक दीपक शर्मा, हाइफ्लाई एक्स आयरल्याण्ड लिमिटेडका निर्देशक क्रिस्टियन न्युहल्न छन् । न्युहल्न जर्मन एभिएसन क्यापिटल जर्मनी/सिंगापुरका प्रतिनिधिसमेत हुन् ।

जर्मन एभिएसन क्यापिलट जर्मनीका फाइनान्स डाइरेक्टर तथा रोमानिया एण्ड माल्दोभाका नागरिक ओलेग क्यालिस्टुलाई पनि १ अर्ब ४७ करोड रुपैयाँ अर्गाता १ ३३ लाख ८८ हजार अमेरिकी डलरको माग दाबी गर्दै मुद्दा दायर गरेको छ ।

अख्तियारको मुद्दा दायर गरेका विदेशीमा एएआर इन्टरनेसनल इंक अमेरिकाका अध्यक्ष तथा सीईओ जोन एम होम्स, जर्मन एभिएसन क्यापिटल जीएमबीएम जर्मनीका प्रवन्ध निर्देशक एना टोपा, हाई फ्लाई ट्रान्सपोर्ट एरोज एसए (हाइफ्लाई एयरलाइन्स) पोर्चुगलका अध्यक्ष पाउलो मिरपुरीविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

अख्तियारले मुद्दा दायर गरेकामा हाइफ्लाई एक्स आयरल्याण्ड लिमिटेड आयरल्याण्डका निर्देशक जोराल्ड थोरन्टन, निर्देशक क्रिस्टियन न्युहल्न, नोर्टन रोज फुलब्राइट एलएलपी जर्मनीका एभिएसन हेड मार्कस मार्कस राडब्रच र यही कम्पनीका सिनियर कन्सल्यान्ट साल्फ स्प्रिङ्गरसहितको रहेका छन् ।


क्लिकमान्डु