वाइडबडीमा डेढ अर्ब रुपैयाँ भ्रष्टाचार, पूर्वपर्यटनमन्त्रीसहित ३२ जनाविरुद्ध अख्तियारको मुद्दा



काठमाडौं । दुईवटा वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायर भएको छ ।

नेपाल वायुसेवाले निगमले २ वटा वाइडबडी जहाज खरिद गर्दा करिब डेढ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, पर्यटन सचिव शंकर अधिकारी, बोर्ड सदस्यहरु शिशिर ढुङ्गाना, बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमा नुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवनप्रकाश सिटौला र अच्युतराज पहाडी लगायत ३२ जनाविरुद्धअख्तियारले मुद्दा दायर गरेको हो ।

अख्तियारले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ


क्लिकमान्डु