त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक निरौलाले गरे पदबहाली



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धकको जिम्मेवारी पाएका जगन्नाथ निरौलाले पदवहाली गरेका छन् ।

प्राधिकरणकै कर्पोरेट निर्देशनालयका उपमहानिर्देशक निरौलालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार विमानस्थलको महाप्रवन्धकको जिम्मेवारी दिएको हो । उनले आज पदबहाली गरेका छन् ।

बुधबार प्राधिकरणको महानिर्देशक स्तरीय निर्णयबाट निरौलालाई महाप्रवन्धकको जिम्मेवारी दिइएको थियो भने यस अघिका महाप्रवन्धकको जिम्मेवारीमा रहेको प्रतापबाबु तिवारीलाई भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रवन्धक बनाएको प्राधिकरणले जानकारी दिएको छ ।


क्लिकमान्डु