सुदूरपश्चिमका मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न नाउपा अध्यक्ष रञ्जिताको ह्विप



काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न नाउपाको ह्विप जारी गरेको छ ।

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले जारी गरेको ह्वीपमा मुख्यमन्त्री कमलबहादुर शाहको विपक्षमा मतदान गर्न निर्देशन दिइएको छ ।

नागरिक उन्मुक्ति पार्टी, सुदूरपश्चिम प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटिबाट पास नभएको र दैनिक सभा संचालन लगायतका कार्यक्रमहरूका लागि प्रदेश सभासदस्य घनश्याम चौधरीले संसदीय दलको नेताको रूपमा कामकाज गरे पनि प्रदेश सभाको महत्वपूर्ण निर्णयमा व्हीप लगाउने अधिकार पार्टीको केन्द्रीय अध्यक्षलाई नै भएकोले कमलबहादुर शाहले लिन गइरहेको विश्वाशको मतको विपक्षमा मतदान गर्न निर्देशन सहितको व्हीप जारी गरिको उल्लेख छ ।


क्लिकमान्डु