बञ्चरेडाँडा ल्याण्डफिल साइड प्रभावितहरुसँगको सम्झौता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण



काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बञ्चरेडाँडा ल्याण्डफिल साइड प्रभावितहरुसँग गरिएको सम्झौता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद केसीले बञ्चरेडाँडा ल्याण्डफिल साइड प्रभावितहरुसँग सरकारले पटक–पटक सम्झौता गरेपनि कार्यान्वयन नगरेको भन्दै सम्झौता कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराए । उनले बञ्चरेडाँडा ल्याण्डफिल साइड प्रभावित क्षेत्र सरोकार समितिले काठमाडौँ उपत्यकाको फोहोर डम्पिङ साइट बञ्चरेडाँडाँमा राख्न नदिने निर्णय गरिसकेको उल्लेख गर्दै सरोकार समिति सँग यथाशिघ्र वार्ता गरी समस्या समाधान गर्नुपर्ने बताए ।


क्लिकमान्डु