६२ करोडको सेयर कारोबारमा १५ करोड एभरेष्ट बैंककै




काठमाडौं । साताका पहिलो दिन नेप्से १.२९ प्रतिशत को झिनो अङ्कले बढेकोे छ । कारोबार शुरु हुँदा केहि घटेको नेप्सेमा दिनभर सामान्य उतारचढाव आएको छ ।

सो दिन कारोबार रकमको एक चौथाई अर्थात ६२ करोडको सेयर कारोबारमा १५ करोड रुपैयाँभन्दा बढीको कारोबार एभरेष्ट बैंकको मात्रै भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दिएको जानकारी अनुसार सो दिन ६२ करोड २० लाख रुपैयाँ बराबरका सेयर खरिद विक्री भएका छन् । त्यसमध्ये १५ करोड ३४ लाख रुपैयाँ बराबरका एभरेष्ट बैंकका सेयर नै खरिद विक्री भएका छन् ।

सो दिन होटल, बीमा र अन्य बाहेकका सवै उपसुचक घटेका छन् । कारोबार समयभित्र सामान्य बजारमा सामान्य उतारचढावले लगानीकर्ता अझै पर्ख र हेर को अवस्थामा रहेको देखिएको छ ।


क्लिकमान्डु