गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग कायमै



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानवीन समिति बनाउनुपर्ने मागलाई कायमै राखेको छ ।

आइतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले गृहमन्त्रीमाथि छानबिन गर्नुपर्नेमा गृहमन्त्रीको जिम्मेवारीमा पुगेको भन्दै यसले संशय पैदा भएको बताए ।

उनले प्रधानमन्त्री र सुरक्षा निकायको प्रमुखले पनि न्यायाधीश जस्तो गरी क्लिनचिट दिएको आरोप लगाए । प्रधानमन्त्रीले ठूलो माछालाई काखिमा च्यापेर सानो माछा खोजेको बताए । उनले चाँडो भन्दा चाँडो संसदीय समिति बनाउन माग गरे ।

संसदीय छानबिन समिति नबनेमा कांग्रेस संसद अवरोध गर्ने तहसम्म पुग्ने उनले चेतावनी दिए ।


क्लिकमान्डु