संसद बैठक बसिरहँदा बारम्बार लोडसेडिङ



फाइल तस्बिर

काठमाडौं । प्रतिनिधिसभाको बैठक जारी रहँदा पटकपटक बत्ती गएको छ ।

आधा घण्टाको अवधिमा ३ पटक बत्ती गएपछि बैठककक्ष अँध्यारो भएको थियो । बैठककक्ष अध्यारो भएपछि सांसदहरू अलमलमा परेका थिए ।

सुरुमा कांग्रेसका सांसद सञ्जयकुमार गौतम आकस्मिक समयमा बोल्न थाले लगत्तै बत्ती गएको थियो भने त्यसपछि सांसदहरु एकनाथ ढकाल, अमरेशकुमार सिंह बोल्ने क्रममा पनि बत्ती गएको थियो ।

विद्युत आपूर्तिमा समस्या भएपछि मर्मतको काम भइरहेको जनाइएको छ ।


क्लिकमान्डु