नेपाली क्रिश्चियनहरुले मनाए इस्टर सन्डे (तस्बिरहरु)



काठमाडौं । नेपाली क्रिश्चियनहरू समूदायले इस्टर सन्डे हर्षउल्लासका साथ मनाएका छन् । आइतबार बिहानबाट र्‍याली निकाली भृकुटीमण्डपमा पुगी येशूको प्राथना, भजन गायका थिए ।

येशू ख्रीष्टको मृत्युबाट पुनरुत्थानको सम्झना गर्दै विश्वभरका क्रिश्चियनहरूले मनाउने सबैभन्दा ठूलो उत्सवको पर्व इस्टर सन्डे हो।

विश्वभरका धेरै ईसाईहरूले विशेष चर्च सेवाहरू, संगीत, मैनबत्ती, फूलहरू र चर्चको घण्टी बजाएर इस्टर मनाउँछन्। फिलिपिन्स र स्पेन जस्ता केही देशहरूमा इस्टर जुलुसहरू आयोजित हुन्छन् ।

धेरै ईसाईहरूले इस्टरलाई चर्च वर्षको सबैभन्दा ठूलो चाडको रूपमा हेर्छन् । क्रिस्चियन विश्वास अनुसार येशु ख्रीष्ट बौरिउठ्नु भएको स्मरणमा यो रमाइलो र उत्सवको दिन हो ।

तस्बिरहरु: नेपाल फोटो लाइबेरी/ क्लिकमान्डु


क्लिकमान्डु