सुन तस्करी प्रकरण: पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुन पक्राउ



काठमाडौं । सुन तस्करी प्रकरणमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् ।
उनलाई प्रहरीले धापासीबाट केहीबेर अघि पक्राउ गरेको हो ।

सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका उनी चिनियाँ सुन तस्करसँगको संलग्नता देखिए पनि प्रहरी अनुसन्धानबाट बाहिरै थिए ।

६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि पुन छानबिनको दायरामा परेका थिए । तर, सीआईबीले गम्भीरतापूर्वक अनुसन्धान नगरी उनलाई उन्मुक्ति दिएको सुन जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ ।

सुनसम्बन्धी जाँच आयोगले पनि बिहीबार बुझाएको प्रतिवेदनमा पुनविरुद्ध अनुसन्धान नगरी सीआईबीले उन्मुक्ति दिएको निष्कर्ष निकालेको थियो ।

प्रतिवेदनमा उल्लेख गरिएपछि उनलाई पक्राउ गरिएको हो ।


क्लिकमान्डु