सन्दीपविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पुग्यो सरकारी पक्ष



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला बदरको माग गर्दै सरकार उच्च अदालत पुगेका छ ।

उच्च अदालत पाटनमा बुधबार सरकारी पक्षले जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन दर्ता गराएको अदालतका सूचना अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए ।

सन्दीपले यसअघि नै काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन दर्ता गराइसकेका छन् ।

गत पुस १३ गते काठमाडौं जिल्ला अदालतले क्रिकेटर लामिछानेले गौशाला २६ माथि बलात्कार गरेको ठहर गरेको फेसला गरेको थियो । सरकारी पक्षले पीडित गौशाला २६ नाबालिग रहेको दाबी गरेको भए पनि अदालतले घटनाको समयमा किशोरीको उमेर १८ वर्ष पुगिसकेको ठहर गर्दै १८ वर्ष पुगिसकेको भएपनि लामिछानेले किशोरीको आर्थिक अवस्थाको फाइदा उठाउँदै होटलसम्म पुराएर बलात्कार गरेको ठहर गरेको थियो ।
तर सरकारी पक्ष जिल्ला अदालतको पीडित नाबालिग नरहेको फैसलाले सन्दीपलाई कम सजाय भएको भन्दै उनी नाबालिग रहेको दाबीसहित पुनरावेदनका लागि उच्च अदालत पुगेको हो ।


क्लिकमान्डु