कांग्रेससँगको माओवादीको गठबन्धनमा गोत्र मिलेनः माओवादी सांसद यादव



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद महिन्द्र राय यादवले कांग्रेससँगको माओवादीको गठबन्धनमा गोत्र नमिलेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कांग्रेससँगको गठबन्धन अप्राकृतिक रहेको बताए । कांग्रेससँग माओवादीले गठबन्धन गर्दा चुनावमा २० सिट माओवादीलाई कम परेको उनको भनाइ छ ।

कांग्रेस अहिले पनि यथास्थितिवादी पार्टी भएको र माओवादी वैचारिक तथा सैद्धान्तिक रुपमा अग्रगामी पार्टी रहेको बताए ।


क्लिकमान्डु