सेयर बजारमा सकारात्मक सर्किट लाग्दा पनि यी ५ कम्पनीको मूल्य घट्यो



काठमाडौं । काँग्रेससँग गठबन्धन टुटेर माओवादी, एमाले र रास्वपाको गठबन्धनको सरकार बन्ने भएपछि सेयर बजारमा सकारात्मक सर्किट लागेकाे छ ।

कारोबारमा सर्किट लागेर ११७.७० अंकले बढ्दा नेप्सेमा सूचिकृत अधिकांश कम्पनीहरुको मूल्य बढेको छ । तर, नेप्सेमा सूचिकृत २३७ वटा कम्पनीमध्ये पाँच वटाको भने मूल्य घटेको छ ।

नेप्सेअनुसार सोमबार गणपति लघुवित्त वित्तीय संस्था, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, एनएमबी सुलभ इन्भेष्टमेन्ड फण्ड–२, एनआईसी एसिया फ्लेक्सी क्याप फन्ड, एनआइबीएल समृद्धि फन्ड–२ को सेयर मूल्य घटेको हाे ।

सोमबारको सेयर बजारमा लगातार तेस्रो पटक सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको छ । नेप्से ६ प्रतिशतले बढेपछि पुरै दिनका लागी सेयर कारोबार स्थगति भएको हो ।

नेप्सेमा कारोबार सुरु भएको पहिलो तीन मिनेटमा नै ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेको थियो ।

त्यसपछि ११ बजेर २४ मिनेटमा खुलेको बजार एक मिनेटमा नै थप एक प्रतिशतले बढेर ५.०३ प्रतिशत वृद्धि भएपछि दोस्रो पटक सकारात्मक सर्किट ब्रेकर लागेर ४० मिनेटका लागि कारोबार स्थगित भएको थियो ।

त्यसपछि १२ बजेर ४ मिनेटमा खुलेको सेयर बजार थप एक प्रतिशत बढेर ६ प्रतिशत पुगेपछि आजका लागि कारोबार बन्द भएको हो ।


क्लिकमान्डु