कांग्रेस नेतृत्वको गठबन्धन भत्कियो, एमालेसहितको नेतृत्वमा नयाँ सरकार बन्ने



काठमाडौं । कांग्रेस र माओवादीसहितका दलहरुको सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो ।

वर्तमान सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमाले माओवादी केन्द्रसहितको गठबन्धन बन्न लागेको हो । स्रोतका अनुसार गतवर्ष पुस १० मा बनेको गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्ने छ ।

नयाँ गठबन्धनमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागी हुने छन् ।

यसअघि आजै नेकपा एमालेको बालकोटमा एमालेको सचिवालय बैठक बसेको थियो ।


क्लिकमान्डु