धरानमा विमानस्थल निर्माणको सम्भावन नभएको प्राधिकरणको निष्कर्ष



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल निर्माणको सम्भावना नरहेको निष्कर्ष निकालेको छ ।

प्राधिकरणले इन्जिनियर नलबहादुर थापाको अध्यक्षतामा बनाएको समितिले दिएको प्रतिवेदनअनुसार धरानमा विमानस्थल निर्माण सम्भव नरहेको हो ।

हवाई नीति विपरीत ४० नटिकल माइलभित्रै अर्को विमानस्थल रहेको, एकतर्फी मात्रै यात्रु हुने तथा वानवे एप्रोच हुने, नियमित व्यवसायीक उडानको सम्भाव्यता नभएको र प्राविधिक रुपले पनि विमानस्थल निर्माण संभावना नभएको प्राधिकरणको अध्ययन समितिको निष्कर्ष छ ।

यस अघि पर्यटन मन्त्री सुदन किराँतीको निर्देशनमा धरानमा विमानस्थल निर्माण गर्न अध्ययन समिति गठन भएको थियो । उक्त समितिले दिएको प्रतिवेदन अनुसार विमानस्थ निर्माण नै असम्भव भएको पनि प्राधिकरणको ठहर छ ।


क्लिकमान्डु