विग सीजीडेमा आठ सय भन्दा बढी प्रोडक्टमा अफर, कार्डबाट हुने भुक्तानीमा २५ सय छूट



काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सिजी डिजिटलले तेस्रो संस्करणको विग सीजीडे शनिबारबाट शुरु हुने भएको छ । बिग सीजी डे २४।२।२४ नामबाट विभिन्न अफर दिइने छ ।

यस वर्षको विग सीजीडे विगतका वर्षहरू भन्दा ठूलो हुने र आफ्ना ग्राहकहरूलाई थप आकर्षक र रोमाञ्चक सपिङ अनुभव प्रदान गर्ने सिजी डिजिटलले जानकारी दिएको छ ।

विग सीजीडेमा ८०० भन्दा बढी सामानहरूमा ३६ प्रतिशत सम्मको छुट, थप प्रतिशतसम्मको मेगा भउचर, २४ हजार सम्म क्यास ब्याक ,डेल्ली गिभअवेको रूपमा १० दिन सम्म हरेक दिन एकजना लक्की विजेता जसले आफूले किनेको समान बराबरको अर्को समान निस्सुल्क किन्न पाउने गरी ४१४१ सम्म सिजी पोइन्ट रहेको कम्पनीले जानकारी दिएको छ।

विग सीजी डेमा किनमेल गर्ने ग्राहकहरूले डेबिट कार्ड मार्फत २० प्रतिशत (अधिकतम २ हजार रुपैयाँ)र क्रेडिट कार्ड मार्फत २५ प्रतिशत (अधिकतम २५ सय रुपैयाँ) बचत गर्न सक्नेछन्।

नबिल बैंकका ग्राहकहरूले माथि उल्लेखित कार्ड छुटहरू प्राप्त गर्न सक्नेछन्। यी प्रिपेमेन्ट छुटहरू सीमित अवधिको लागि मात्र प्रत्यक्ष हुनेछन्। यसको अर्थ ग्राहकहरूलाई सीजी डे सुरु हुने बित्तिकै छुटहरू प्राप्त हुनेछन् ।

यसको पहिलो दिन दिउसो ४ बजे आफ्नो सोसल मिडिया मार्फत लाइभसो गर्ने कम्पनीले जनाएको छ । सलोन बस्नेत लगायत विभिन्न चर्चित कलाकारहरु संगको कुराकानी रहने कम्पनीले जानकारी दिएको छ ।

बिभिन्न उपहार तथा छुट भौचर पनि लाइभको समयमा हेर्न सकिने कम्पनीले जनाएको छ। लाइभ हेर्नको लागि सिजी डिजिटलको फेसबुकपेजमा जानु पर्ने छ ।

बिग सीजी डे २४।२।२४ मा सीजी ग्रुपअन्तर्गत सीजी इलेक्ट्रोनिक्स, सीजी फुड्स, सीजी नेट, सीजी हिल्स्, सीजी एजुकेसन, सीजी हस्पिटालिटी, सीजी सिमेन्ट, सीजी पे र युनाइटेड इन्स्योरेन्स का विभिन्न उत्पादन तथा सेवा–सुविधामा विभिन्न अफर राखिएको छ ।


क्लिकमान्डु