ललिता निवास जग्गा प्रकरण: कलाधर देउजासहितका आरोपीलाई २ वर्ष कैद र ७५ लाख जरिवानाको फैसला



काठमाडौं । बालुवाटारस्थित ललिता निवास सरकारी जग्गा हिनामिनासम्बन्धी भ्रष्टाचार प्रकरणमा विशेष अदालतले फैसला सुनाएको छ ।

लगातार २३ दिनसम्मको सुनुवाइपछि विशेष अदालतले बिहीबार आदेश गरेको हो ।

उक्त मुद्दा विशेषका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आदेश गरेको हो । कलाधर देउजासहितका आरोपीलाई २ वर्ष कैद र ७५ लाख जरिवानाको फैसला गरेको हो ।


क्लिकमान्डु